२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

राष्ट्र बैंकले जारी गर्यो सर्कुलर : अब २५ करोड रुपैयाँसम्म सेयर कर्जा पाइने ( पूर्णपाठ सहित)

राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुर्याएको छ । मौद्रिक नीतिमा परेको बुँदालाई बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गरी २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा दिन सक्ने जानकारी दिएको हो ।
त्यसैगरी पहिलो आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ भने यस्तो कर्जामा बैंकले ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरिएकोछ । यसअघि लोन टु भ्यालु रेसियो ७० प्रतिशत मात्रै थियो । रियल स्टेट कर्जाको लागि लोन टु भ्यालु ५० प्रतिशत तथा अन्य निजी आवासीय घर कर्जाको लागि लोन टु भ्यालु रेसियो ७० प्रतिशत कायम रहेको छ । यसअघि रियल स्टेट कर्जाको लागि ५० प्रतिशत नै रहे पनि अन्य निजी आवासीय घर कर्जाको हकमा ६० प्रतिशत मात्रै थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।