२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन बजार बुलिस, नेप्से परिसूचक साढे चार महिनायताकै सर्वाधिक उचाईमा

बिहीबार नेप्से परिसूचक ७५ दशमलब ८४ अंकले बढेर २८७०.६३ विन्दुमा बन्द भयो । यो उचाई साढे चार महिनायताकै सर्वाधिक हो। यसअघि फागुन १८ गते नेप्से २८९० विन्दुमा पुगेको थियो। कारोबार रकम पनि झन्डै ११ महिना यताकै धेरै अर्थात १६ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि गत वर्ष भदौ ११ मा १८ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

बजारमा ११ महिनायताकै सर्वाधिक धेरै रकमको सेयर किनबेच भएको छ। बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि २०८१ भदौ ११ गते १८ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

शेयर बजारप्रति सकारात्मक धारणा राख्ने गभर्नर डा.विश्व पौडेलले प्रस्तुत गरेको पहिलो मौद्रिक नीतिपछि बजार लगातार सकारात्मक लयमा अगाडि बढेको छ । मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जालाई १५ करोडबाट २५ करोड रुपैयाँ पुर्याउने, लघुवित्त कम्पनीको १५ प्रतिशतको लाभांश दिन पाउने व्यवस्थापन पुनरावलोकन गरिने, पहिलो घर घर खरिद गर्दा ३ करोडसम्मको कर्जालाई रियल स्टेट कर्जामा गणना नहुने, न्यून व्याज भुक्तान गरी कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न दिने लगायतका प्रावधानले गर्दा शेयर बजार तरंगित भएको थियो ।

असार मसान्तमा मौद्रिक नीति आएका कारण मसान्तका कारण शेयर बजारले नीति सार्वजनिक भए लगत्तै ठूलो असर नदेखाए पनि नयाँ आर्थिक वर्षको पहिलो दिनबाटै बजारमा उछाल आउन शुरु भएको लगानीकर्ताहरु बताउँछन् । शेयर लगानीकर्ता महेश रिजालले शेयर बजार मैत्री मौद्रिक नीतिकै असर स्वरुप बजारमा उछाल आएको बताउँछन् । बैंक तथा हाइड्रोपावर समूहका कम्पनीहरु उचालिँदा नेप्सेले पछिल्लो प्रतिरोध क्षेत्र पार गर्दै अघि बढेको उनले बताए । व्याजदर एकल अंकलमा आउनु, बैकिङ प्रणालीमा तरलता प्रशस्त हुनु जस्ता बजारलाई चाहिने तत्वहरु सबै पूरा भइसकेको अवस्थामा अझै बजारलाई सकारात्मक ढंगले मौद्रिक नीति सार्वजनिक भएपछि नेप्सेमा तेजी आएको बताउने धेरै लगानीकर्ता छन् ।

मौद्रिक नीतिमा व्याज दर करिडोरको तल्लो विन्दुलाई झन कम गरेका कारण बैंकहरुले निक्षेपमा दिने व्याज दर घटाएका छन् । राष्ट्र बैंकले नै बैंकमा पैसा राखेर व्याज खानु भन्दा लगानी गरेर पैसा कमाउ भनेकाले नै बजारमा पैसा ओइरिएको भन्ने लगानीकर्ताको बजारमा कमी छैन । सबैतिरबाट सकारात्मक माहौल रहेका कारण आइतबारको बजार पनि इन्ट्रा डे करेक्सन भएर नै बढ्नेमा लगानीकर्ता रिजाल आशावादी छन् । बिहीबार भन्दा बढी कारोबार रकमसहित आइतबारको बजार अगाडि बढेमा सानोतिनो प्रोफिट बुकिङलाई बजारले पचाइदिने उनले बताए । आइतबार बजार हरियोमा बन्द भएमा हप्ताभरि नै सकारात्मक रहने गरी अगाडि बढ्ने उनले आँकलन गरे । उनको अनुसार अबको नयाँ प्रतिरोध क्षेत्र ३ हजार नै हुन सक्ने उनले आँकलन गरे ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरेको छ। बैंकहरुको निष्कृय कर्जा चुलिएर गैर बैकिङ सम्पत्ति थुप्रिएका बेला राष्ट्र बैंकको यस्तो नीतिले बैंकहरुले कर्जा लगानी बढाउन सक्नेछन्।

प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना प्राविधिक रुपमा बजार सप्लाई जोनमा छिरेको बताउँछन् । लगानीकर्ताको आत्मविश्वास र कारोबार रकम हेर्दाखेरि त्यो सप्लाई जोनको शेयर पचाएर अगाडि बढने सम्भावना पनि त्यतिकै रहेको उनको विश्लेषण छ । ‘अब अर्को कारोबारमा बजारमा सप्लाई पक्कै आउँछ । इन्ट्रा डेमै केही करेक्सन सहित बजार माथि गयो भने झनै बजार बलियो हुन्छ । यो भन्दा अगाडिको र्यालीमा पनि इन्ट्रा डे करेक्सन हुँदै अगाडि बढेको थियो । बजारमा सबैतिर माहौल बनिरहेको बेला यदि यो सप्लाई पचाएर अगाडि बढेमा अर्को सप्लाई जोन भनेको झन्डै ३ हजारदेखि ३ हजार ५० को रेन्जमा मात्रै करेक्सन आउन सक्ने देखिन्छ । अहिलेसम्म बजार स्ट्रङ नै देखिन्छ, अपट्रेन्डमै छ । लङ टर्मको साथै मिड टर्म र सर्ट टर्ममा पनि बजार बुलिस नै देखिन्छ ।’–विश्लेषक ढुंगानाले भने । -merolagani

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।