२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

नेपाल प्रहरीका २० जना डीएसपीको काज सरुवा

नेपाल प्रहरीका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेका हुन्।

जसमध्ये केही जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्। जिल्ला फेरिएकाहरूमा भोजपुर, सल्यान, अछाम र बझाङ छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ।

त्यसरी नै पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङस्थित इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई काज गरिएको छ।

सिंहदरवार सुरक्षा गणमा डिएसपी सिद्दी न्यौपानेले प्रबेश पाएका छन्। गणमा १५ महिनाको कार्यकालपछि डिएसपी दिनेश घिमिरे बालबालिका खोजतलास भृकुटीमण्डप सरुवा गरिएको छ।

त्यसैगरि,भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर-१ मा सरुवा गरिएको छ। उनीहरूसहित २० जना डीएसपीको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।