२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

नाफासँगै बढ़्यो कामना सेवाको बैंकको प्रतिशेयर आम्दानी

गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्न कामना सेवा विकास बैंक (KSBBL) सबैभन्दा पहिलो बैंक बनेको छ। बैंकले आज अर्थात साउन २ गते नै गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेको छ भने कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेको छ। बैंक्को सञ्चालन मुनाफा समीक्षा अवधिमा १.९७ प्रतिशतमात्र बढेको छ।

गत आर्थिक वर्षमा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ।

३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।