पहिरो खसेसँगै अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो। DCnepal









