२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

प्रज्ञा भवनअगाडि स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाडौँको प्रज्ञा भवनअगाडि सडकमा आज (बिहीबार) बिहान स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई हाल काठमाडौँको वनस्थली बस्ने अन्दाजी २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको हो।

उनले चलाएको बा. प्र. ०२-०३४५३४५८ नम्बरको कालो, निलो रङको स्कुटर कमलादीबाट घण्टाघरतर्फ जाँदै गर्दा आज (बिहीबार) बिहान २:३० बजे काठमाडौँ-२८ प्रज्ञाभवन मेघालयअगाडि बिजुलीको पोलमा ठोकिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकामा बिहीबार बिहान २:४५ बजे चिकित्कसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।