२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

एनआरएन क्यानाडाको सदस्य पदमा सागर गुरुङगको उम्मेदवारी घोषणा

-एलिशा तिमिल्सिना

क्यानाडा स्थित ब्राम्टन शहर निवासी मृदुभाषी समाजसेवी सागर गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको आगामी कार्यकाल २०२५/२०२७ का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि नेपाली समुदायको सेवा र सशक्तिकरणमा क्रियाशील गुरुङले “एकतावद्ध नेपाली, सशक्त प्रवासी” भन्ने नाराका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

गुरुङले एनआरएन क्यानाडाको दृष्टिकोण, मिशन र उद्देश्यप्रति आफू पूर्ण प्रतिबद्ध रहेको जनाउँदै, क्यानडामा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई अझ सुदृढ बनाउने अठोट व्यक्त गरेका छन्।नेपालीज कम्युनिटी नेटवर्क अफ क्यानडा (NCC) मा सक्रिय सदस्यका रूपमा कार्यरत गुरुङले नेपाली भाषा, संस्कृति र सामाजिक एकता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन्। विशेषगरी ब्राम्टनमा स्थापना गरिएको सगरमाथा पार्क निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको छ, जुन अहिले सम्पूर्ण क्यानडावासी नेपालीहरूको साझा गर्वको विषय बनेको छ।

सामाजिक संघसंस्था र सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली समुदायको हक र पहुँच अभिवृद्धिमा क्रियाशील गुरुङले एनआरएन क्यानाडाको माध्यमबाट सामाजिक, सांस्कृतिक र आर्थिक उन्नयनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको सकारात्मक सोच, दूरदृष्टि र सेवाभावप्रति व्राम्टन शहरका नेपाली समुदायले उत्साहजनक समर्थन जनाएका छन्। उम्मेदवारी घोषणासँगै नेपाली डायस्पोरामा सहभागिता र अग्रसरताको नयाँ आशा पलाएको देखिएको छ।

एनआरएन क्यानाडा निर्वाचन २०२५/२०२७ नजिकिँदै गर्दा सागर गुरुङको उम्मेदवारीले नेपाली समुदायभित्र नयाँ उर्जा र जागरण ल्याएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।