२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला

गत साता टिपर दुर्घटनामा हुँदा भेरी नदीमा बेपत्ता भएका तीनजना युवकको शव फेला परेको छ।

गत मगलबार (साउन ६ गते) रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा रा १ क १५०१ नम्बरको टिपर दुर्घटना भएर ठूलीभेरी नदिमा खस्दा तीनजना बेपत्ता भएका थिए।दुर्घटनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विक बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको शव सुर्खेतमा फेला परेको हो।

टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव केहि दिन अघि सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको हो भने शनवीरको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार यति बिल्डर्स प्रालिमा जेसिभि अपरेटर पदमा कार्यरत धनवीको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका फेला परेको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।