२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

रामेछाप-काठमाडौँ अब सातामा ३ दिन उडान

रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन्।

केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौं उडान हुन सकेको थिएन। यही असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौंको दूरी करिब २०० किमी छ।

अबदेखि प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ। रासस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।