२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना सहित २७ जनाविरुद्ध पक्राउ पुर्जी

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिक र अरू २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आवामी लिग सरकारको कार्यकालमा भएको भनिएको जबर्जस्ती बेपत्तासम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधिकरणले यो आदेश दिएको हो ।

न्यायाधिकरणले अभियोजन पक्षले दायर गरेको मानवताविरुद्धको अपराधलगायत आरोप स्वीकार गर्दै सुनुवाइपछि पक्राउ पुँर्जी जारी गरेको छ । एउटा मुद्दा विपक्षी कार्यकर्ताको अपहरण र उनीहरूलाई टास्कफोर्स इन्टरोगेसन सेलमा दिइएको यातनासँग सम्बन्धित छ । त्यो कथित रूपमा र्‍यापिड एक्सन बटालियनद्वारा सञ्चालित थियो ।

अर्को मुद्दा डाइरेक्टोरेट जनरल अफ फोर्सेज इन्टेलिजेन्सको संयुक्त सोधपुछ कक्षमा गरिएको थुनामा राख्ने र यातना दिनेसँग सम्बन्धित छ ।

७८ वर्षीया हसिनाले गत वर्ष देशव्यापी विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदच्युत भएदेखि धेरै मुद्दाको सामना गरिरहेकी छन् । टाइम्स अफ इन्डियाबाट ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।