२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

सीएनएनले सार्वजनिक गरेको २६ मृत र २० जीवितको सूचीमा विपिनको नाम छैन

इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ।किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ। तर अन्योलको कुरा- विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। 

यसैबीच सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ‘अज्ञात’ भनिएको छ।

सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति ‘अज्ञात’ भनेको छ। 

हर्नुहोस् सीएनएनले सार्वजनिक गरेको २६ मृत बन्धकको सूची:

यस्तै २० जीवितको सूचीमा पनि विपिनको नाम छैन। 

बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।

त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि खिचिएको थियो।

जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै, कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन्। 

तर त्यो भिडिओ २ वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै अस्पष्ट छ। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।