२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

सगरमाथा आधार शिविरनजिकै लबुचेमा हेलिकप्टर दुर्घटना,क्याप्टेन सकुशल

सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला-लबुचे (उद्धार उडानका लागि) गएको अल्टिच्युड एयरको नाइनएन-एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो।हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए।

उनी सकुशल रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार बिहान ७:५० बजेतिर खुम्बु पासाङल्हामु गाउँपालिका-५ लबुचेमा हेलिकप्टर दुर्घटना भएको हो।

‘यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर हेलिप्याडमा हिउँमा चिप्लिएको हो’, उनले भनिन्, ‘हेलिकप्टरमा चालक (विवेक खड्का) मात्रै थिए, उनको सकुशल उद्धार गरिएको छ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।