२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

कोशी प्रदेशः ३ मन्त्री र १ राज्यमन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री कार्कीले ३ मन्त्री र १ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन । यस्तै समानुपातिक सांसद सृजना राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्री बनेकी छन् । उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।