२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नै स्मार्टफोन ल्याउँदै छ भन्ने हल्ला हो कि सत्य ?

स्मार्टफोन निर्माता कम्पनीहरू पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा बढी अग्रसर देखिन्छन् । स्तरीय मानिने स्मार्टफोनमा कुनै न कुनै रूपमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ प्रयोग भएको हुन्छ ।

यदि स्मार्टफोन निर्माता एआईमा र एआई कम्पनी स्मार्टफोनमा केन्द्रित भए के होला ? हालै सार्वजनिक एक रिपोर्टका अनुसार ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले पनि यस्तै सोच बनाएका छन् ।

द इन्फरमेसनले साम अल्टम्यानसँग नजिक भएका व्यक्तिको भनाइ उद्धृत गर्दै अल्टम्यानले आफ्ना साथी तथा एप्पलका पूर्व डिजाइनर जोनी आईभसँग एआईमा आधारित हार्डवेयर डिभाइसको सम्भाव्यताबारे छलफल गरेको उल्लेख गरेको छ । त्यस्तै सफ्ट बैंकका सीईओ मासायोशी सनले पनि यही विचारमा छलफल गरेका थिए ।

द इन्फरमेसनको रिपोर्टमा उनीहरूको छलफलबाट के निष्कर्ष निस्कियो भन्ने विषय खुलाइएको छैन । त्यसबाहेक यी तीन व्यक्ति सो परियोजनामा सहकार्य गर्न तयार छन् वा छैनन् भन्ने पनि खुलाइएको छैन । साथै साम अल्टम्यानले भनेको नयाँ एआई हार्डवेयर डिभाइस स्मार्टफोन हो वा अन्य केही हो भन्ने पनि खुलेको छैन । यता एप्पलका आईपड तथा आईफोनमा विज्ञता हासिल गरेका जोनी आइभल एआईमा आधारित पहिलो प्रडक्ट बनाउने कुरामा सकारात्मक छन् । यदि एआईमा आधारित डिभाइस बन्यो भने पनि त्यो ओपनएआईले बनाउँछ वा अन्य कुनै कम्पनीले बनाउँछ भन्ने स्पष्ट छैन ।

मानिसकै शैलीमा कुराकानी गर्ने च्याटबट च्याटजीपीटी बनाइसकेपछि ओपनएआई विश्वभर चर्चित छ । छोटो समयमा प्रयोगकर्तालाई आकर्षित गर्ने प्लेटफर्मका रूपमा उदाएको च्याटजीपीटीलाई यो स्तरसम्म ल्याउन अल्टम्यानको अहम् भूमिका छ ।

च्याटजीपीटीको सफलतालाई लिएर माइक्रोसफ्टले सो कम्पनीमा १० अर्ब लगानी गरेको थियो । त्यसको केही समयमै माइक्रोसफ्टले च्याटजीपीटीमा आधारित आफ्नै च्याटबट बिङ च्याट सार्वजनिक गर्‍यो ।

माइक्रोसफ्टले आफ्नो सर्च इन्जिनमा यस्तो सुविधा ल्याएपछि गुगलले पनि एआईमा आधारित बार्ड नामको एआई च्याटबट सार्वजनिक गरेको थियो । विश्वभरका उपभोक्ताको हातैमा एआई टुल उपलब्ध गराउन ओपनएआई सफल र उत्साहित भएको विश्लेषकहरूको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।