गैर आवासीय नेपाली संघ विश्व सम्मेलनले सोल्टी होटलमा रौनकता देखिएको छ। शुक्रबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ।

सम्मेलनमा विश्वभरबाट छानिएर आएका प्रतिनिधीले एक आपसमा परिचयसँगै उम्मेदवारले मत मागिरहेका छन्। प्रतिनिधीहरू पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने र भवन भट्टसँग तस्बिर खिचाउन तछाड मछाड गरिरहेका छन्।
४ हजार २२७ प्रतिनिधिमध्ये केही काठमाडौंमा जम्मा भएका छन् भने बाँकी सम्बन्धित देशबाट फेसियल भेरिफिकेसनको आधारमा मतदान गर्दैछन्। अध्यक्षसहित पदाधिकारीका उम्मेदवार समर्थकले पोस्टर, पम्प्लेट वितरण गरी मतदानका लागि आग्रह गरिरहेका छन्।
