आन्दोलनरत नेपाल शिक्षक महासंघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।
बुधबार सरकारसँग आफ्ना माग बारे सहमती जुटेपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा २०८१ माघ २० गतेबाट शिक्षक र कर्मचारी आन्दोलनमा छन्। पछिल्लो समय २०८१ चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गरिरहेका छन्।
सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सहमति सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गर्न लिखित प्रतिबद्धता व्यक्त भएपछि शिक्षकको आन्दोलन स्थगित भएको हो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुले बुधबार तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
यस्तै मन्त्रिपरिषदबाट सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकोले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरिएको महासंघले जनाएको छ।
आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउन समेत महासंघले शिक्षकहरुलाई अनुरोध गरेको छ।
साथै तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघले फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान वाध्य हुने समेत अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-nepalkhabar
सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन तोलाको एक लाख ८८ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८८ हजार आठसय रुपैयाँ थियो।
गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।
गत मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। -nepalkhabar
भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला भएयता पाकिस्तान भारतबाट सैन्य आक्रमण हुने त्रासमा छ।
पाकिस्तानका सूचना मन्त्रीले मंगलबार बिहानै भिडिओ सन्देश जारी गरी भारतले आगामी २४ देखि ३६ घण्टा भित्र आक्रमण गर्ने योजना बनाइरहेको बताएका छन्।
सोही डरले पाकिस्तानले पनि आफ्नो तयारी सुरु गरेको जानकारी आएको छ।
पाकिस्तानी वायुसेनालाई निरन्तर सतर्क रहन आदेश दिइएको समाचार सार्वजनिक भएको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो देश भारतबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको बताएका छन्।
यसैबीच पाकिस्तानले सीमा नजिकैका अग्रणी स्थानमा प्रमुख हवाई रक्षा सम्पत्ति र इलेक्ट्रोनिक युद्ध सेना तैनाथ गरेको रिपोर्ट आएको छ।
पाकिस्तानले निरन्तर हवाई तयारी अभ्यास गरिरहेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशका तीनै सेनालाई आतंकवादविरुद्ध लड्न दिएपछि पाकिस्तान पनि अलर्ट भएको खबर आएको हो।-nepalkhabar
लगानी बोर्डको ६१औँ बैठकले सचिवको दरबन्दीसहित संगठनको ढाँचा स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ढाँचासँगै बोर्डको रणनीति तथा व्यावसायिक योजना स्वीकृत गरेको हो।
बोर्ड बैठकले सो योजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न निर्देशनालयहरुसहितको संगठन संरचनाको खाकाअनुरुप कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।
‘बैठकले खाकालाई आधार मानी लगानी बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यलाई यथाशक्य चाँडो सम्पन्न गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गर्यो’, प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले भने।
व्यावसायिक कार्ययोजनाअनुसार आर्थिक वर्ष २०८५/०८६ सम्म १७.९२ अर्ब डलर बराबर (२४ खर्ब ५१ अर्ब रुपैयाँ)का ४२ परियोजनाको सम्झौता गर्ने उल्लेख छ।
नयाँ ढाँचाअनुसार लगानी बोर्डको संरचनामा अध्यक्ष प्रधानमन्त्री नै हुने उल्लेख छ। त्यसैगरी सल्लाहकार परिषद्मा प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्षी दलको नेता हुनेछन्।
परियोजनाको कानुनी विवाद, जग्गाप्राप्ति, मुआब्जा वितरण विवाद र स्थानीय सामुदायिक द्वन्द्व, आर्थिक तथा वित्तीय सम्भाव्यता, अन्तर्निकाय समन्वय, वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता अवरोध आउने विषयमा अध्ययन गरी समस्या समाधानका उपाय छन्। बोर्डमा प्रतिनिधित्व गर्ने सम्बन्धित मन्त्रीहरुको अध्यक्षता हुने गरी ५ विषयगत समिति छन्।
अनुगमन तथा सहजीकरण समितिको संयोजक अर्थमन्त्री हुने व्यवस्था छ। लगानी बोर्डको कार्यालय प्रमुख कार्यकारी अधिकृत हुने व्यवस्था गरिएको छ भने प्रशासन सेवाको सचिव हुनेछन्।
प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा लगानी परामर्श मञ्चको गठन हुनेछ। लगानी बोर्डको कार्यालयले संगठनको कार्यसम्पादनमा आवश्यक पर्ने विषयहरुमा सल्लाह तथा सहयोग लिन विज्ञ, विशेषज्ञ र सल्लाहकारको टोली नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।
बोर्डमा योजना, प्रशासन तथा वित्तीय व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन तथा सहजीकरण र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालयहरु हुनेछन्।
१८ बाट ५८ स्थायी कर्मचारी पुर्याउने प्रस्ताव
यसैगरी लगानी बोर्डले १८ बाट ५८ कर्मचारी पुर्याउने तयारी गरेको छ।
जसअनुसार प्रमुख कार्यकारी अधिकृत १ जना, सचिव १ जना, प्रशासन र प्राविधिक गरी ४ सहसचिवयुक्त संरचना प्रस्ताव गरेको छ।
तीमध्ये २ प्राविधिकमध्ये सिभिल इन्जिनियर हुनुपर्ने र एक जना हाइड्रो उपसमूहमा हुनुपर्ने उल्लेख छ। यस्तै, प्राविधिक र प्रशासन गरी १७ जना उपसचिव हुनुपर्ने प्रस्ताव गरिएको छ।
तिनमा सामान्य प्रशासनबाट निर्देशकको रुपमा ५ जना र उपसचिवको रुपमा प्रस्ताव तयार गरिएको छ।
द्वितीय श्रेणीमै लेखा १ जना, कानुन २ जना, सिभिल इन्जिनियर ८ जनाको प्रस्ताव गरिएको छ।
त्यसबाहेक, वरिष्ठ अर्थशास्त्री, वरिष्ठ कम्प्युटर इन्जिनियर, वरिष्ठ वित्तीय विश्लेषक २, वरिष्ठ वातावरण अधिकृत, वरिष्ठ समाजशास्त्री, वरिष्ठ सुशासनविद्, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, एग्रिकल्चर इन्जिनियर, उद्योग अधिकृतको प्रस्ताव गरिएको छ।
हाल ३ जना मात्रै द्वितीय श्रेणीका कर्मचारी छन्।
त्यसैगरी शाखा अधिकृत २ जना रहेकोमा ३ जना र उद्योग अधिकृत, जनरल, हाइड्रो, इलेक्ट्रिकल, आर्किटेक्ट १–१ जना हुनुपर्ने उल्लेख छ।
त्यस्तै कानुन अधिकृत, लेखा अधिकृत, वातावतरण निरीक्षक, अर्थशास्त्री, तथ्यांक अधिकृत, कम्प्युटर इन्जिनियर, लगानी प्रवर्द्धक, वित्तीय विश्लेषक १–१ जना हुनुपर्नेछ।
नायब सुब्बा ३ जना रहेकोमा ५ जना, लेखापाल १, कम्प्युटर अपरेटर २ हुनुपर्ने भनिएको छ।
हाल १ जना खरिदार रहेकोमा उक्त पद आवश्यक नरहेको उल्लेख छ।
त्यस्तै सेवा करारबाट काम लगाउन व्यवस्थापन सहायक १२ जना थप गर्नुपर्ने, हलुका सवारी चालक ८ जना, कार्यालय सहयोगी ८ जना, गार्डेनर २ जना, क्लिनर १ जना गरी ३१ जनाको प्रस्ताव गरिएको छ।
एकल विन्दु सेवाका लागि अन्य निकायबाट १४ जना आवश्यक पर्ने पनि उल्लेख छ।
पहिलो वर्ष ५२.७३ करोड खर्च हुने
आर्थिक वर्ष २०८२/०८३ बाट नयाँ संरचना प्रयोगमा ल्याउने प्रस्ताव गरिएको छ। यसअन्तर्गत एकल विन्दु सेवा केन्द्रको स्थापना र
सञ्चालनको प्रारम्भिक पुँजीगत लागतका कारण खर्च ५२.७३ करोड पुग्ने अनुमान छ।
एकल सेवा केन्द्र स्थापनापछि भने ४६.५ करोडमा स्थिर खर्च हुने अनुमान छ।
त्यसबाहेक आर्थिक वर्ष ०८३/०८४ मा ४४.१२ करोड, ०८४/०८५ मा ४६.७७ करोड, आर्थिक वर्ष ०८५/०८६ मा ४८.६१ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
चालू आर्थिक वर्षमा लगानी बोर्डको लागि खर्च अनुमान १९ करोड ४० लाख रुपैयाँ छ।
आर्थिक वर्ष ०८२/०८३ बाट राजस्व आम्दानी हुने र ०८५/०८६ सम्म खर्चको २० प्रतिशत उठ्ने अनुमान छ।
व

आर्थिक वर्ष ०८२/०८३ बाट राजस्व आम्दानी हुने र ०८५/०८६ सम्म खर्चको २० प्रतिशत उठ्ने अनुमान छ।-nepalkhabar
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुंगाे लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन्।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए।
साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा मंगलबार पुनः वार्ता भएको हो।
शिक्षक संघ संगठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ।-dcnepal
आज बुधबार देशभर विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बिहान मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत आउने सम्भावना छ।
महाशाखाका अनुसार राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै कोसी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायु साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।-nepalkhabar
नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच सोमबारदेखि वार्ता जारी छ।
सोमबार साँझ भएको वार्तापछि मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो। मन्त्रिपरिषद् बैठकपछि पुनः राति शिक्षा मन्त्रालयमा वार्ता भएको थियो।
मंगलबार दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ३ बजे नै वार्तामा बोलाएका थिए। उनले ५ घण्टाभन्दा बढी समय मन्त्रालयमा प्रतीक्षा गरेका थिए। शिक्षक महासंघको विस्तारित पदाधिकारी बैठक लम्बिएका कारण ढिलो गरी ८ बजे मात्र वार्ता सुरू गरेको थियो।
महासंघले तत्काल सहमतिका लागि ९ वटा बुँदा अघि सारेको छ र यसमा सहमति भए आन्दोलनको स्वरुप परिवर्तन गरी कार्यस्थल फर्किने जनाएको छ।
वार्तास्थलबाट नेपालखबरलाई प्राप्त ९ वटा बुँदा यसप्रकार छन्-
१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने।
२) राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने।
३) प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने।
४) आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने।
६) संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।
७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।
८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने।
९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक/कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने- nepalkhabar
डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गएराति साढे ११ बजे जोरायल गाउँपालिका २ मेल खोलामा सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०५६७ नम्बरको हाइस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ४ घर भएका ४५ वर्षीय हर्कबहादुर नेगी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्कसकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएका चालकसहित ६ जनाको मायामेट्रो अस्पताल धनगढीमै उपचार भइरहेको छ।
गाडी सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलको छैन। धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको अवस्थामा गाडी दुर्घटनामा परेको हो। -nepalkhabar