यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले गत वैशाख २५ गतेदेखि नै छपाइ कार्य रोकिएको जानकारी दिएको हो ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैर आवासीय नेपाली नागरिकका लागि यस्तो अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।
“विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको छ,” विभागले जारी सूचनामा उल्लेख छ ।
प्रणालीमा देखिएको समस्या समाधान भएपछि छपाइ कार्य पुनः सुचारु गरिने विभागले जनाएको छ । तर, कहिलेसम्ममा समस्या समाधान हुने भन्नेबारे केही खुलाइएको छैन ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ।
कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ।
उनीहरु यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरी ९आन्तरिक छानबिन०का क्रममा उनीहरुको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो।
प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि अधिकारी भने अमेरिका पुगिसकेका छन्।
सवा २ करोड हिनामिना : जनरल खड्का र मेजर कार्की सैनिक हिरासतमा

सवा २ करोड हिनामिना : जनरल खड्का र मेजर कार्की सैनिक हिरासतमा- Nepalkhabar
भारतीय वायु सेना (आईएएफ) ले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएको छ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको भोलिपल्ट आइतबार (मे ११) सूचना जारी गरी आईएएफले अपरेसन अझै जारी रहेको जनाएको हो।
शनिबार साँझ मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध कारबाही नगर्ने सहमति गर्दै युद्धविराम सम्झौता गरेका थिए।
सूचनामा भनिएको छ, ‘भारतीय वायु सेना (आईएएफ) ले अपरेसन सिन्दूरमा तोकिएका कार्य सटिक र व्यावसायिक ढंगले सफलतापूर्वक सम्पन्न गरेको छ। यी कार्य राष्ट्रिय उद्देश्यअनुरूप सोचविचार र विवेकपूर्ण रूपमा गरिएका थिए। अपरेसन अझै जारी रहेकाले विस्तृत जानकारी उचित समयमा दिइनेछ। आईएएफ सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अपिल गर्दछ। जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो। त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो।
तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको भनिएको थियो। यद्यपि यो टिक्नेमा कतिपयले शंका पनि गरिरहेका छन्। -nepalkhabar
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित भएको हो । यससंगै प्रि बजेट छलफल सुरु भएको छ ।
अर्थमन्त्री विष्णु पटडेलले आजकै भैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यससँगै अब बैठकमा आगामी बजेटबारे छलफल हुनेछ ।
राष्ट्रपतिले बैशाक १९ मा संघिय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि प्रधानन्त्रीले उठेका प्रश्नको जवाफ दिएपश्चात निर्णयार्थ पेश गरिएको थियो ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । ती सबै प्रस्ताव आज निर्णयार्थ पेश गरिँदा बहुमतले अस्वीकृत भएका छन् । dcnepal
नेपालका लागि टाटा ग्रिन ब्याट्रीको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले पहिलोपटक उपत्यकाबाहिर निःशुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको छ।
आगामी ३० गते मंगलबारबाट चार ठाउँमा शिविर सञ्चालन गर्न लागिएको हो।
यसअनुसार ३० गते श्रेष्ठ ट्रेडर्स बर्दिबास, ३१ गते स्टार जनरल सप्लायर्स बजरंग चोक, जेठ १ गते श्री जानकी ट्रेडर्स भानुचोक, जेठ २ गते रोशन ट्राक्टर पार्ट्स पिडारीचोकमा शिविर हुने कम्पनीको भनाइ छ।
शिविरमा ग्राहकले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क परीक्षण गराउन पाउनेछन्। सहभागीहरुलाई टाटा ग्रिन ब्याट्री खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा अन्य उपहार वितरण समेत गरिने कम्पनीले उल्लेख गरेको छ। nepalkhabar
काठमाडौँको नयाँ बासपार्कस्थित होटलमा एक पुरुष मृत फेला परेका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेस्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।nepalkhabar