भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्र कुमार रानाको सरुवा भएको छ ।  उनको अर्थ मन्त्रालयमा सरुवा भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो। बिहीबार भएको सरुवामा भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन्। ललिलतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती भरतपुरमा आउने भएका छन ।

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा भएको छ।

सरुवा सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।