भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चितवन जिल्ला अधिवेशन शुरु भएको छ। बि. पि. मेमोरियल क्यान्सर अस्पातालको सभा हलमा आयोजित अधिवेशनको समुदघाटन कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गमलामा पानी हालेर गरेको थियो ।
दुई दिन सम्म चल्ने पार्टीको १० औं जिल्ला अधिवेशनले पार्टिको चितवन जिल्ला कमिटी चयन गर्ने छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ,‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले भने, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’
उनले समाजवादी मोर्चामा आउन चाहने सबैलाई स्वागत गर्ने बताए। बामपन्थीका पुराना साथीहरुले आफुहरुले गरेका गल्ति स्विकार गरि आत्मालोेचना गर्नु पर्यो ,हामी सदैव साथ दिनेछौ उनले भने ।अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताए।
पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले, पहिलाको जस्तै एकता गरेपनि व्यवहारा उस्तै हुने भएपछि एकताको कुनै अर्थ नरहेको बताए । कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले बताए। पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा एकीकृत समाजवादी जन्मिएको र आगामी २०८४ को चुनावमा एक्लै लड्ने हैससियत बनिसकेको समेत बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथीद्वय पार्टीका केन्द्रिय उपाध्यक्ष केशवलाल श्रेष्ठ र उप-महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडा, सचिव हरि पराजुली, स्याथी कमिटी सदस्य साध्य बहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
एकीकृत समाजवादीका चितवन जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लव्लीले स्वागत मन्तव्य राखेका थिए ।