चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा असोज १ गतेदेखि ‘वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८१’ हुने भएको छ ।मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी हुन लागेको हो ।
चितवन उद्योग संघको आयोेजनामा हुन लागेको मेला असोज १ गतेदेखि २४ गते सम्म सन्चालन हुने छ । उक्त मेलामा असोज १६ देखी १९ गते सम्म ”काडा अटो शो – २०८१” को आयोजना पनि गरिने भएकोले यस मेला लाई ”पर्व मेला-२०८१” नाम राखिएको आयोजकले जनाएको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको,आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिए । मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले ,मेलामा ४० वटा स्टल रहने बताए । नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि मेला सुरु गरिएको हो ।
नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज,जेन्स,बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले बताए । प्रत्येक दिन जुत्ता चप्पल खरिद गर्ने ग्राहकलाई कुपनको ब्यवस्था गरिएको उपाध्यायले जानकारी जनाकारी दिए । उनले जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने बताए ।
स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन र स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्न यो मेलाले सहयोग पु¥याउने चितवन संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार मेलाले आर्थिक गतिविधी चलायमान गराउँदै उद्यमी विच स्वच्छ प्रतिस्पर्धा गर्ने अवसर समेत प्रदान छ।
मेलामा करिब ३० हजार जोर जुत्ता,चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । यस्तै मेलामा सहभागि मध्येबाट लक्की ड्र मार्फत खोलिने कुपनहरुबाट एक जनालाई ५० हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।
मेलामा बि एफ डियर हिलर स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फस्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामाग्रीहरु राखिएका छन् । नेपालमा एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लागानी रहेको छ ।