“औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को समापन गरिएको छ । प्रदर्शनीमा २१ हजार भन्दा बढीले अवलोकन गरेको र प्रदर्शनीमा अवलोकनकर्ताहरुले निकै चासोका साथ सहभागिता जनाएको आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले बताए ।
स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा सन्चालित मेला पाँचदिनसम्म सञ्चालन भएको थियो ।
लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुगेको, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन भएको,अध्यक्ष न्यौपानेले बताए ।
प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा सञ्चालन भएको “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” समेत एकै कार्यक्रम मार्फत समापन गरिएको थियो । आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिएको र प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्ने व्यवस्था मिलाइएको प्रदर्शनीको पाँचौ दिन फ्रि सर्भिस क्याम्पमा २९ जना भन्दा बढीले निःशुल्क सेवा प्राप्त गरेको थियो ।
प्रदर्शनी अन्तर्गत अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत प्रदर्शनीको अन्तिम दिन कुपन नं।१०७५ की एलिना घिमिरे प्रथम, कुपन नं। १००१ की हेमा थापा दोश्रो र १०९९ का कृष्ण प्रसाद ढकाल तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौराहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हलमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टह्याम्पर प्रदान गरिएको छ ।