भरतपुर । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन चितवनको प्रथम जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर अस्पातलमा आयोजित उक्त भेलाको अध्यक्षता नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन चितवनको अध्यक्ष रुकुम श्रेष्ठले गरेको थियो । एकिकृत ट्रेड यूनियन महासंघ नेपालका उपाध्यक्ष सुनिता थापाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले चितवन स्थित भरतपुर अस्पतालमा विगत लामो समयदेखि कार्यरत रहेका श्रमिकहरुले श्रम कानून अनुसार वार्षिक विदा विरामी विदा, ग्रेडर सार्वजनिक विदा लगाएतका सेवा सुविधाबाट हामी सम्पूर्ण श्रमिकहरू वञ्चित भएकोले ऐन अनुसार हामीले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन माग गरे । उनले भने – कानूनतः कानूनी दायित्व श्रमिक आपूर्तिकर्ताको हो, मुख्यरोजगारदाता भरपुर अस्पतालले पनि आफ्नो कानूनी दायित्व वहन नगरेको अवस्था छ । श्रम ऐन, २०७४ ले श्रमिक आपूर्तिकर्ता र मुख्यरोजगारदाता दुवैको आ-आफ्नो दायित्व स्पष्ट गरेको छ। तर सो कानूनी दायित्व हालसम्म दुवैले बहन नगरेकोले हामी सेवा सुविधाबाट बन्चित भएका छौ । ”
अध्यक्ष श्रेष्ठले ,श्रम ऐन अनुसार रोजगार सम्झौता गरी काममा लगाउन तपाई श्रमिक आपूर्तिकर्तालाई अनुरोध गर्दछ। सामाजिक सुरक्षा कोषमा दाखिला गर्न बिचमा छुटेको योगदान रकम कुन श्रमिकको कति महिनाको छुटेको हो सो समेत स्पष्ट रूपमा खुलाई कोषमा दाखिला गरिदिनु हुन अनुरोध छ हामीले पाउनुपर्ने कानून अनुसार सेवा सुविधा तपाई श्रमिक आपूर्तिकर्तालाई पटक-पटक मौखिक रूपमा भन्दा कार्यान्वयनमा नगर्नु दुर्भाग्यपूर्ण हो ।