2a.सक्षम (अनलाईनका लागि)(1230x120)

प्रेमवस्ती दुध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा आनन्द प्रसाद न्यूरे निर्वाचित भएका छन । संस्थाको आज बसेको बिशेष साधारण सभा बाट न्यूरे निर्विरोध निर्वाचित भएको हो ।

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा न-७ प्रेमबस्तीमा रहेको उक्त संस्थामा अध्यक्षमा आनन्द प्रसाद न्यूरे लगायत बरिष्ठ उपाध्यक्षमा इश्वर कुमार श्रेष्ठ , उपाध्यक्षमा वावुराजा सिंह ,सचिवमा हरी प्रसाद भट्ट , कोषाध्यक्षमा राजेन्द्र प्रसाद न्यौपाने सदस्यहरुमा कलपना देवी थापा ,तोया नाथ भट्ट्राई , हरी बहादुर घर्ती , कुमारी गुरुङ , श्याम माया सार्की र हर्क बहादुर मगर निर्वाचित भएका छन ।

निर्वाचन पछी आयोजित पत्रकार समेलनमा बोल्दै अध्यक्षमा न्यूरेले दुधविना मानव जिवन सम्भव छैन । नेपालमा पशुपालन दुध उत्पादन व्यवसायले कुल ग्राहस्त उत्पादनमा नौ प्रतिशत योगदान राख्दछ । विगत चौविस वर्ष अगाडिबाट निरन्तर संचालित प्रेमवस्ती दुग्ध सहकारी आफ्नै भौतिक पुर्वाधार, मेशिनरी गरि करिव तिन करोडको र दुर्ईसय गाई पाल्ने करिव पाँच करोड लागतको फार्म संचालित छ । र्फाममा सयभन्दा वढी उन्नत नश्लका दुधालु गाईहरु रहेको बताए ।

mahanagar ad

”आफ्नो फार्मबाट दैनिक सातसय लिटर र संस्थाका किसानहरुबाट आठसय लिटरगरि दैनिक पन्ध्रसय लिटर दुधको संकलन र विक्रि वितरण भैरहेको छ । दुध संकलन र विक्रिमा संस्थाले प्रतिलिटर तिन रुपैया संस्थाको खर्च राखेर गुणस्तरको आधारमा नेपाल सरकारले तोकेको दररेट अनुसारआफ्ना किसानलाई भुक्तानी गरिरहेको छ ,उनले भने ।

अध्यक्षमा न्यूरेले ,”आज यस संस्थाको अध्यक्ष पदमा निर्वाचित गराउनु हुने संस्थाका शेयर सदस्यज्युहरु, निर्वाचन समितिका संयोजक तथा सदस्यज्युहरु, निवर्तमान कार्यसमितिका अध्यक्षज्यु लगायत कार्य समितिका पदाधिकारीज्यूहरु, लेखा समितिका पदाधिकारीज्युहरु, संरक्षकज्युहरु, पत्रकार मित्रहरु, कर्मचारी साथीहरु सबै सबैमा हार्दिक धन्यवादका साथ तपाईहरुको माया ममता र विश्वासको सम्मान गर्दछु ।”

1b.भ्रमित (अनलाईनका लागि)(900x100)

central Design-1-1-scaled